​नेप्से परिसूचक १ दशमलव ८ अङ्कले बढ्यो

आईतवार, माघ २५, २०७१ साल,
काठमाडौं माघ २५ गते। नेप्से परिसूचक १ दशमलव ८ अङ्क (शुन्य दशमलव १८ प्रतिशत) बढेपछि ९ सय ८६ दशमलव शुन्य २ अङ्कमा पुगेको छ । सो दिन नेप्सेमा ‘क’ वर्गका कम्पनीको तुलनामा साना कम्पनीको शेयर बढी महँगिएको देखिएको छ ।

साताको पहिलो दिन आइतवार शेयर बजारमा २ हजार ६ सय ४० व्यापारबाट १ सय ४८ कम्पनीका ५ लाख ७२ हजार कित्ता शेयर व्यापार भएको छ । यसबाट रू. २७ करोड ३० लाख रकम परिचालन भयो । सो दिन नेप्सेको बजार पूँजीकरण १० खर्ब ११ अर्ब रुपैयाँ पुगेको छ ।

सो दिन होटेल र विकास बैङ्क समूहको परिसूचक घटे भने ‘अन्य’ समूहको परिसूचक स्थिर रह्यो । बाँकी सबै वाणिज्य बैङ्क, जलविद्युत्, वित्त कम्पनी, बीमा र उत्पादन तथा प्रशोधन समूहको परिसूचक उकालो लागेका छन् । यसले समग्र नेप्सेलाई ‘हरियो’ बनाएको हो । सो दिन नेप्सेमा प्रभु बैङ्कको सर्वाधिक करीब रू. १ करोड ९८ लाखको शेयर व्यापार भयो ।

आइतवार हामा मर्चेण्ट एण्ड फाइनान्सको शेयर मूल्य सर्वाधिक १० प्रतिशत महँगिएको छ भने सेवा विकास बैङ्कको शेयर मूल्य सर्वाधिक ५ दशमलव ४४ प्रतिशत सस्तिएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411