नेपाल वायुसेवा निगमले २५ वर्षपछि थप्यो सगरमाथा

आईतवार, माघ २५, २०७१ साल,
काठमाडौं माघ, २५ गते । नेपाल वायुसेवा निगमले २५ वर्षपछि अन्तराष्ट्रिय उडानका लागि सगरमाथा लेखिएको राष्ट्रिय ध्वजाबाहक जहाज आइतबार साढे ४ बजे काठमाडौं भित्र्याएको छ ।

फ्रान्सेली कम्पनी एयरबसले निर्माण गरेको १ सय ५८ सिट क्षमताको ए ३२०(२०० सिरिजको जहाजलार्इ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा  भव्य स्वागत गरिएको छ । एयरबसको नयाँ जहाजमा १ सय ५० इकोनोमी र ८ सिट बिजनेस क्लासका रहने निगमले बताएको छ ।  यो जहाज निगमले भारतको मुम्बइ, बैंगलोर र दिल्लीमा उडान गर्नेछ । त्यस्तै, चीनको ग्वाङझाओमा पनि सेवा विस्तार गरिने निगमले जनाएको छ ।

साढे दुई दशकदेखि एउटा पनि जहाज किन्न नसकेको निगमलाई नयाँ जहाज आएपछि नयाँ गन्तव्यमा उडानका लागि सहज हुने विश्वास गरिएको छ ।

निगम र फ्रान्सेली जहाज निर्माता कम्पनी एयरबसबीच दुई जहाज खरिद(बिक्री सम्झौता गत वर्ष भएको थियो । सम्झौताअनुसार एउटा जहाजको मूल्य ७ अर्ब २० करोड रुपैयाँ छ ।

अर्को नयाँ जहाज दुई महिना पछि नेपाल आउने छ । एयरबस नेपाल आएपछि निगमसँग ३ वटा ठूला र ५ साना गरी ८ वटा जहाज हुनेछन् ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411