​नेप्सेमा २.८१ अंकले गिरावट, २६ करोडको कारोवार

बिहीवार, माघ २२, २०७१ साल,
काठमाडौं, माघ २२ गते । साताको अन्तिम कारोवारी दिन बिहिवार पनि नेप्सेमा सामान्य गिरावट आयो । कारोवारको मध्यमा चार अंकसम्म तल झरेको नेप्से बजार बन्द हुँदा २.८१ अंक तल ९८४.२२ अंकमा बन्द भयो । 

बैकिङ, विकास बैंक, फाइनान्स, होटल र जलविद्युत समूहको सूचक तल झर्यो भने इन्सुरेन्स, उत्पादन र अन्य समूहको सूचकांक बढेर बन्द भए । बुधवार बजारलाई थेगेका सानिमा माई जलविद्युत र सेञ्चुरी बैंकको सेयर मूल्य बिहिवार भने घट्यो ।

सेञ्चुरी बैंकको प्रतिकित्ता आठ रुपैयाँ घटेर ३३८ मा कारोवार भयो भने सानिमा माइको दश रुपैयाँ घटेर ८०५ रुपैयाँमा कारोवार भयो । मूल्य घटे पनि कारोवार रकमका आधारमा यी दुई कम्पनी अघि रहे । 

सेञ्चुरी र सानिमा दुवैको एक करोड ५१ लाख रुपैयाँको कारोवार भयो । बिहिवार पुरै बजारको कारोवार भने २६ करोड ७३ लाख रुपैयाँ रह्यो । बोटलर्स नेपाल तराईको सेयर मूल्य २१२ रुपैयाँ बढेर कारोवार भएपछि त्यसले उत्पादन समूहको सूचकलाई माथि उकास्न मद्दत गर्यो ।

टेलिकमको सेयर मूल्य प्रतिकित्ता आठ रुपैयाँ बढेर ६४८ मा कारोवार भयो । यसले अन्य समूहको सूचकलाई साढे नौ अंक माथि तान्यो । टेलिकमको सेयर मूल्य बढेपछि खस्किएको बजारलाई थाम्न मद्दत पनि गर्यो । 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411