पर्यटकीय नगर पोखरामा चिडियाखाना निर्माणको पहल

बिहीवार, माघ १५, २०७१ साल,

कास्की माघ १५ गते । पर्यटकीय नगर पोखरामा पर्यटकलाई लोभ्याउन चिडियाखाना निर्माणको पहल थालिएको छ ।पश्चिमाञ्चलका क्षेत्रीय प्रशासन कार्यालयको अगुवाइमा चिडियाखाना निर्माणका लागि समिति नै गठन गरिएको हो ।

चिडियाखाना निर्माण अध्ययन समितिको संयोजकको जिम्मेवारी हिमालय बख्रेलले लिएका छन् । प्रस्तावित १५ सदस्यीय समितिको सहसंयोजकमा जिल्ला पशुसेवा कार्यालय कास्कीका प्रमुख रहने व्यवस्था गरिएको छ ।

चिडियाखाना बन्न सके पोखरामा नयाँ पर्यटकीय गन्तव्य थपिने र यहाँ आउने पर्यटकको बसाइँ लम्बिने भएकाले चिडियाखाना निर्माणमा जोड दिइएको हो । अहिले पोखरामा पर्यटकको बसाइँ औसत साढे २ दिनको रहेको छ । चिडियाखाना कहाँ बनाउने भन्नेबारे केही निर्णय त भएको छैन तर अध्ययन भने थालिएको छ ।  

विभिन्न सरोकारवाला निकायले पोखरामा चिडियाखाना निर्माणको चर्चा गर्दै आए पनि ठोस रुपमा युनाइटेड क्लबले नै यो विषयलाई अगाडि बढाएको हो । क्लबले बर्सेनि आयोजना गर्दै आएको पोखरा महोत्सवबाट हुने आम्दानीको २५ प्रतिशत रकम पोखरामा चिडियाखाना निर्माणका लागि छुट्याएर यो अभियानको थालनी गरेको क्लबका अध्यक्ष बख्रेलले बताए ।

उनका अनुसार क्लबले २०६७ सालमा पहिलोपटक पोखरा महोत्सवको आयोजना गर्दादेखि  महोत्सवको चौथो संस्करण २०७० सम्ममा चिडियाखाना निर्माणका लागि रू। नौ लाख ५० हजार जम्मा भइसकेको छ । सो रकम क्लब र जिल्ला विकास समिति कास्कीको संयुक्त खातामा रहेको र चिडियाखाना बनाउन ‘बीउ पैसा’का रुपमा राखिएको क्लबका अध्यक्ष बख्रेलले जानकारी दिए । -रासस

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411