​विश्‍व पर्यटनमा नेपालको छवि उज्यालियो

शुक्रबार, पौष १८, २०७१ साल,
काठमाडौं - विश्व पर्यटन मानचित्रमा नेपालले फेरि आफ्नो सशक्त उपस्थिति जनाउन थालेको छ। पछिल्लो समय अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले नेपालको पर्यटनका बारेमा प्रकाशन प्रसारण गरेपछि नेपालको पर्यटन क्षेत्रले व्यापकता पाएको हो। 
 
विश्वका प्रसिद्ध पर्यटकीयस्थानको प्रवर्द्धन गर्ने सञ्चार समूहले नेपालका पर्वतीय पर्यटन, पदयात्रा, गन्तव्य, होटेल र पर्यटकीय गाउँका बारेमा प्रचार गरी पर्यटन प्रवद्र्धनमा सहयोग गरिरहेका छन्। 
 
अन्तर्राष्ट्रिय ट्राभल पोर्टल लोनली प्लानेटले दुई साताअघि मात्र नेपालको खुम्बु क्षेत्रलाई उत्कृष्ट १० औं गन्तव्यको सूचीमा राखेको छ। लोनलीले गत अक्टोबरको अन्तिम साता नेपालको सगरमाथा क्षेत्र ९खुम्बु० लाई सन् २०१५ मा घुम्नैपर्ने गन्तव्यको छैटौं नम्बरमा राखेको हो। 
 
विश्वका घुम्नैपर्ने चारवटा पदयात्रा गन्तव्यको सूचीमा नेपालको ग्रेट हिमालय ट्रेल पनि परेको छ। ट्राभल आइडियाले गतसाता सार्वजनिक गरेको चार उत्कृष्ट गन्तव्य सूचीको तेस्रो नम्बरमा ग्रेट हिमालय ट्रेललाई राखेको छ। विश्वकै लामो र साहसिक पदयात्रा ग्रेट हिमालयन टे्रल पूरा गर्न एक सय २० देखि एक सय ५० दिनसम्म लाग्छ। 
     
सन् २०१५ मा घुम्नैपर्ने विश्वकै उत्कृष्ट १० गन्तव्यमध्ये नेपाल परेकोले ुबेस्ट इन ट्राभल २०१५ु अवार्डबाट नेपाल सम्मानितसमेत भएको छ। साहसिक गन्तव्य रु चाउनेका निम्ति नेपाल उत्कृष्टको सूचीमा परेकै कारण बेलायतको लन्डनमा भएको वल्र्ड ट्राभल मार्केट २०१४ ९डब्ल्यूटीएम० ले नेपाललाई अवार्ड प्रदान गरेको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ। 
 
होटेल संघ नेपाल ९हान० का महासचिव विनायक शाहले नेपालले पर्यटन प्रवद्र्धन आफैं गर्नुपर्ने भए पनि अन्तर्राष्ट्रिय क्षेत्रले गरिदिने यस्तो प्रचार लाभप्रदायक हुने बताउँछन्। उनका अनुसार बीबीसी, सीएनएन, ट्रिप एड्भाइजर, ट्राभल आइडिया, लोनली प्यानेटलगायतका अन्तर्राष्ट्रिय सञ्चारमाध्यममार्फत नेपालको प्रचार हुनु भनेको विश्वभर निस्शुल्क विज्ञापन हुनु हो। 
 
अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा हुने यस्तो प्रचार नेपाललीले करोडौं रुपैयाँ खर्च गरेर पनि गर्न नसकिने शाहको बुझाइ छ। उनका अनुसार सधैं अर्काले गरेका निस्शुल्क प्रचारमा रमाउनु भन्दा नेपालले नै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई बोलाउने वा ट्राभल राइटरलाई ल्याएर यथार्थ देखाउनुपर्छ। यसका लागि नेपाल सरकार र पर्यटन बोर्डको समन्वयमा नेपालमा अन्तर्राष्ट्रिय ट्राभल राइटरलाई ल्याउने हो भने हान बसोबास र खानाको व्यवस्था मिलाउन तयार रहेको जानकारी शाहले दिए। 
 
नेपालको पर्यटन प्रवद्र्धन र विकास गर्ने संस्था नेपाल पर्यटन बोर्डले पर्यटन प्रवद्र्धनमा वार्षिक करिब २० करोड रुपैयाँ खर्च गर्ने गरेको भए पनि यो प्रभावकारी बन्न सकेको छैन। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पदयात्रा, पर्वतारोहण, होटेल, स्याफ्टिङ र विभिन्न पर्यटकीय गन्तव्यसहित काठमाडौं र बाहिरका क्षेत्रलाई उत्कृष्टताको सूचीमा राख्ने गरेका छन्। 
 
गतवर्ष पनि बेलायती पत्रिका ुडेलिमेल र वल्र्ड एक्सपिडिससु ले संयुक्त रूपमा सगरमाथा आधार शिविर तथा कालापत्थर पहिलो पदयात्रा गन्तव्यमा राखेका थिए। संसारकै सबैभन्दा ठूलो ट्राभल वेबसाइट ट्रिप एडभाइजरले पनि गत मंसिर तेस्रो साता काठमाडौंलाई विश्वकै तेस्रो उत्कृष्ट गन्तव्यमा राखेको थियो। 
 
विश्वभरका उत्कृष्ट १० उदीयमान पर्यटकीय गन्तव्यको सूचीमा काठमाडौंलाई तेस्रो स्थानमा यो वेबसाइटले राखेको थियो। 
 
नेपालको सुनकोसी नदीलाई उत्कृष्ट स्याफ्टिङ गन्तव्यका रूपमा लोनली प्लानेटले अघिल्लै वर्ष राखेको थियो। नेपालको पर्यटन छोटो समयमा नै ठूलो उपलब्धि दिन सक्ने सम्भावना भएको क्षेत्र भएको शाहको बुझाइ छ। उनका अनुसार अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले दिलाएको उपलब्धिलाई नै हामीले भोलीका दिनमा पर्यटकीय गन्तव्य प्रवद्र्धनको आधार बनाउन सक्नुपर्छ। 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411