३० अंकले बढ्यो नेप्से, ८६ करोड ३२ लाख रुपैयाँको सेयर किनबेच

सोमबार, माघ ५, २०७१ साल,
काठमाडौं माघ ५ । संविधान निर्माणका विवादित विषयमा राजनीतिक दलहरुबीच सहमति भएको भन्ने समाचारले सेयर बजारका लगानीकर्ताहरु उत्साहित भएका छन । सोमबार ३०.०९ अंकले बढेर नेप्से परिसूचक ९ सय ७५.४५ अंकमा पुगेको छ ।

६ महिनादेखि नेप्सेमा नेप्सेमा एकैदिन यति ठूलो अंकको वृद्धि भएको थिएन । लगानीकर्तालार्इ संयम पार्न नेप्सेले सर्किट ब्रेक लगाउनु पर्यो । नेप्सेमा उच्च अंकको उत्तारचढाब हुँदा सर्किट ब्रेक लगाइन्छ ।

‘यसअघि अलिअलि असहमति हुँदाहुँदै पनि नेप्से अलिअलि बढिरहेको छ । यसले लगानीकताहर्रु सहमति हुन्छ र संविधान बन्छ भन्नेमा विश्वस्त भएको देखाउँछ’ । आजको कारोबार बन्द भएपछि सहमति भाँडिएको समाचार बाहिर आएको छ, यसले अवश्य भोली सेयर बजारमा असर पार्नेछ ।’

सोमबारको कारोबारमा वाणिज्य बैंक समुहको सूचक ३६.८९ अंकले बढेको छ । यो समुहको मात्रै ५९ करोड ३५ लाख रुपैयाँको कारोबार भयो ।

त्यसैगरी होटल समुहको सूचक ४९.६६ अंकले, विकास बैंक समुहको १५.१३ अंकले, जलविद्युत समुहको ७७.८९ अंकले, वित्त कम्पनी समुहको ८.३७ अंकले, बीमा समुहको ४४.२६ अंकले, उत्पादनमूलक समुहको १०.७ अंकले, अन्य समुहको १४.०९ अंकले बढेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

यो दिन १ सय ५२ कम्पनीका १५ लाख ९४ हजार कित्ता सेयर ८६ करोड ३२ लाख रुपैयाँमा किनबेच भएको नेप्सेले जनाएको छ । यो दिन सबै समुहका सूचक दोहोरो अंकले बढेका छन ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411