कुमार कार्कीको नेतृत्वमा व्यापार संघमा नयाँ कार्यसमिति

आईतवार, पौष २७, २०७१ साल,
काठमाडौं पुष २७ । नेपाल व्यापार संघको पाँचौ बाषिर्क साधारणसभाले कुमार कार्कीको अध्यक्षतामा ५१ जनाको नयाँ कार्यसमिति चयन गरेको छ ।

शनिबार भएको साधारण सभाले उपाध्यक्ष महेन्द्रबहादुर कार्की, पर्शुराम न्यौपाने, रमेश बराल, श्याम रुंगटा र अजेश सारडालाई चयन गरेको छ । त्यस्तै, महासचिवमा हरी गौतम र सचिवमा सुदीपकुमार रेग्मी, लक्ष्मि श्रेष्ठ, गिरीराज पोखरेल, सुमित प्रधान र कृष्णप्रसाद अधिकारी चयन भएका छन् ।

कोषाध्यक्षमा राजाराम बस्नेत र सह-कोषाध्यक्षमा शोभित थापा चुनिएका छन् । कार्यक्रममा सचिव रेग्मीलाई २०७० सालको उत्कृष्ट गीतकार घोषित भएबापत संघले सम्मान समेत गरेको छ । रेग्मी व्यापारीसँगै गीतकार पनि हुन् ।

६ सय जनाभन्दा बढी सदस्य भएको संघले नयाँ कार्यसमिति सर्वसम्वत तरिकाबाट चयन गरेको हो । कार्यक्रममा अध्यक्ष कार्कीले संघलाई अगाडि बढाउन सबै व्यापारीले सहयोग गर्नुपर्ने बताए ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411