मुलपानीमा बन्ने भयो क्रिकेट मैदान, १४ करोडमा ठेक्का, १७ महिना बन्ने

आईतवार, पौष २७, २०७१ साल,
काठमाडौं पुष २७ । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले मुलपानी क्रिकेट मैदान निर्माणको ठेक्का प्रेरा/प्रतिष्टा/मुन्ना एण्ड आचार्य जेभी कम्पनीलाई दिएको छ। राखेपले मुलपानीमा निर्माणाधीन क्रिकेट मैदानको पहिलो चरणको कामका लागि १४ करोड ६३ लाख २४ हजार रुपैयाँमा काठमाडौं विशालनगरको यो कम्पनीलाई दिएको हो।

राखेपले मंसिर १८ गते गोरखापत्रमा मैदान निर्माणका लागि टेण्डर आह्वान गरेको थियो। 

टेण्डर प्रकिया अनुसार चयन गरेको कम्पनीको नाममा दाबी विरोध नभएको खण्डमा सूचना प्रकाशित मितिले आठौं दिनमा कम्पनीसँग सम्झौता हुनेछ। सम्झौता भएको १७ महिनामा काम सकिसक्नुपर्नेछ।

ठेक्का र निर्माण प्रक्रिया अवरुद्ध नभएको खण्डमा डेढ वर्षपछि अर्थात् २०७३ जेठसम्ममा नेपालमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण भइसक्नेछ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411