​चीनले भन्यो -नेपालले मागे तेल पठाउन तयार छौँ

शुक्रबार, असोज २९, २०७२ साल,
काठमाडौँ । दक्षिणी सीमामा नाकाबन्दी चलिरहँदा उत्तरी छिमेकीले नेपालले मागे इन्धनलगायतका आपूर्ति गर्न तयार रहेको बताएको छ। 

बिहीबार आयोजित पत्रकार सम्मेलनमा चिनिया विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङलाई प्रश्न सोधिएको थियो, चीन र नेपालबीचको जिलुङ नाका गत अप्रिलको भूकम्पपछि पुनः खुला भएको छ। के तपाईँ यसको पुष्टि गर्न सक्नुहुन्छ? के चिनियाँ पक्षले नेपाललाई इन्धन आपूर्ति गर्छ?

जवाफमा चुनयिङले भनिन्,-नेपाल र चीनलाई जोड्ने जिलुङ सीमा हिजो खुला भएको छ अप्रिल २५ को भूकम्पले गरेको अवरोधपछि। आज बिहान चीनले यही नाकाबाट केही ट्रक सामान सहयोगका रुपमा पठाएको छ। नेपाललाई सहयोग गर्न उसको आग्रहमा चिनियाँ पक्षले सक्दो गर्नेछ।

चीनले यसो भने पनि भारतले अघोषित नाकाबन्दी लगाएको २२ बित्न लाग्दा पनि सरकारले उत्तरी नाकाबाट पेट्रोलियम पदार्थ ल्याउन औपचारिक पत्राचार समेत गर्न सकेको छैन।

नाकाबन्दी लगाउनेबितिकै पनि नेपालले औपचारिक आग्रह गरे पेट्रोलियम पदार्थ दिन तयार रहेको जानकारी चीनले दिएको थियो। तर एक महिना बित्न लाग्दा पनि सरकारले पेट्रोलियम पदार्थ आपूर्तिको लागि चीनलाई सामान्य पत्र समेत पठाउन समेत डराइरहेको छ।

चीनबाट तेल ल्याउँदा महँगो पर्छ। महँगै भए पनि भारतको बलमिच्याँईका विरुद्धमा चीनबाट केही तेल ल्याएर देखाउनुपर्ने पक्षमा निगमका अधिकारीहरु छन्। तर सरकारी निकायको मौनताले निगमका अधिकारीहरु पनि रुष्ट छन्।

निगमका अधिकारीहरु नयाँ सरकार आएपछि चीनको विकल्प सोच्ने अपेक्षा गरेका थिए तर नयाँ सरकारले पनि भारततर्फ बढी झुकाव राख्दै उत्तरी नाकालाई महत्व कम दिएपछि निगमका अधिकारीहरु निराश छन्।
 
विकल्पको रुपमा केही मात्रै भएपनि पेट्रोलियम पदार्थ ल्याउने सकेको भए भारतले समेत बाध्य भएर आपूर्ति बढाउनुपर्ने अवस्था आउनसक्ने निगमका अधिकारीहरु बताउँछन्। तर अहिलेसम्म आयल निगमलाई सबै भारी बोकाएर सरकारले पनि कुनै निर्णय नगरेको निगमका एक अधिकारीले बताए। स्रोतका अनुसार चीनबाट तेल ल्याउने बारेमा वाणिज्य मन्त्रालयनै इच्छुक छैन । 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411