विभिन्न नाकाबाट इन्धन भित्रिदैं, बीरगञ्ज नाका अझै ठप्प

शुक्रबार, असोज २९, २०७२ साल,
काठमाडौं । भारतले लगाउँदै आएको अघोषित नाकाबन्दीका कारण इन्धन आपूर्ति अझै सहज हुन सकेको छैन ।

मुलुकको प्रमुख भन्सार नाका वीरगन्ज लामो समयदेखि ठप्प रहँदा इन्धन अभाव चर्किंदै गएको छ । अन्य नाका खुकुलो भएको भनिए पनि पर्याप्त इन्धन आपूर्ति हुन सकेको छैन । इन्धन भर्न गएका नेपाली ट्यांकरहरुलाई भारतीय डिपोहरुले ‘माथिको आदेश’ भन्दै न्युन मात्रामा तेल दिएकाले अवरोध नभएका नाकाबाट पनि पर्याप्त मात्रामा इन्धन आउन नसकेको हो ।

विराटनगरको रानी भन्सारबाट बिहीबार भने भारी मात्रामा पेट्रोलिय पदार्थ बोकेका ट्यांकर नेपाल आएका छन् । आज बिहानसम्म रानी भन्सारबाट १ सय ८१ मालवाहक सवारीसाधन नेपाल आएकोमा २३ ट्यांकर डिजेल, पेट्रोल १५ ट्यांकर र ग्यांसका १५ बुलेट नेपाल आएका छन् ।

सुनौली–भैरहवा नाकाबाट बिहीबार १ सय २० वटा मालवाहक गाडी र ८१ वटा पिकअप भ्यान नेपाल प्रबेश गरेकोमा ७ वटा डिजेल, २ वटा पेट्रोल र ६ वटा ग्यास बुलेट रहेका छन् ।

लामो समयदेखि लाइनमा बसेका पेट्रोलियम पदार्थका ट्यांकर र ग्यास बुलेट भारतीय पक्षले कोटा आधारमा नेपाल पठाइरहेको बताइएको छ ।

बाँकेको नेपालगन्ज–रुपैडिहा नाका भएर पनि मालवाहक गाडी आउने क्रम जारी छ । हिजो यो नाका भएर नेपाल भित्रिएका ७२ ओटा मालवाहक गाडीमा १३ वटा डिजल, एउटा पेट्रोल र २ वटा हवाई ईन्धन बोकेका गाडी रहेका छन्  ।

काँकडभिट्टा नाका हुँदै हिजो साँझसम्म १ सय २५ वटा मालवाहक गाडी नेपाल भित्रिए । जसमा पेट्रोलका ३ वटा, डिजलका ५ वटा र हवाई ईन्धनको एउटा रहेको छ ।

यस्तै, सुदूरपश्चिमको कैलालीमा रहेको गौरीफन्टा नाका पनि पूर्ण रुपमा सञ्चालनमा रहे पनि हिजो भने पेट्रोलियम पदार्थ बोकेका गाडी प्रबेश गरेनन् ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411