​रसुवागढी नाका शुक्रबारदेखि खुल्ने, ग्यास र पेट्रोल चिनबाट ल्याउन व्यापारीको तयारी

बुद्धबार, असोज २७, २०७२ साल,
काठमाडौं । चीनसँगको ब्यापारिक रसुवागढी नाका शुक्रबारदेखि खोल्ने तयारी भइरहेको छ । नाका खोल्ने विषयमा निर्णय लिन आज बुधबार रसुवागढी भन्सारमा नेपाली र चिनियाँ अधिकारीबीच छलफल हुँदैछ ।

भूकम्पपछि चीनतर्फको सडक बिग्रएपछि केरुङसँगको ब्यापारिक नाका बन्द भएको थियो । तर, भारतको नाकाबन्दीपछि स्थानीय प्रशासनको सक्रियता र पहलमा नेपाल र चीनतर्फको बाटोको पहिरो हटाएपछि नाका खोल्न लागिएको हो ।

नाकामा खोल्ने तयारी र सडकको अवस्थाबारे जानकारी लिन बाणिज्य मन्त्रालयका सह-सचिव जीवराज कोईराला नेतृत्वको एक टोली बुधबार रसुवागढी गएको छ । ‘नाका खोल्ने औपचारिक निर्णय भएको छैन’ सहसचिव कोइरालले भने ‘सबै अवस्थाबारे विचार गरेर निर्णय हुन्छ ।’

नाका खुलाउन चिनियाँ अधिकारी पनि रसुवागढी आइसकेका छन् । नाका खुलाउनका निम्ति कुनै औपचारिक कार्यक्रम भने नगरिने कोइरालाले जानकारी दिए । ‘पहिले नै सञ्चालनमा आएको नाका हो’ उनले भने(‘नाकामा भएका समस्याबारे बुझ्छौं । सवै अवस्था समान्य भएमा नाका खुलिहाल्छ ।’

नाका खुलाउने विषयमा आज बुधबार समान्य छलफल गरेर भोलि निर्णय लिने सम्भावना रहेको रसुवा उद्योग बाणिज्य संघका अध्यक्ष कैसाङ तामाङले जानकारी दिए । ‘आज नाकाको अवलोकन हुन्छ । सबै अवस्था र ब्यवस्था सहज देखिएमा नाका खुलाउने निर्णय पनि हुन्छ’ अध्यक्ष तामाङले भने ।

उनका अनुसार चीनतर्फको बिग्रिएको बाटो पनि बनिसकेको छ । नेपाल तर्फपनि समस्या छैन । उनले भने-त्यसैले नाका भोली या पर्सीमा खुल्ने निश्चित छ ।’

नाका खुलेपछि केरुङ हुँदै चीनबाट उपभोग्य बस्तु, ग्यास र पट्रोल लगायतका सामग्री ल्याउने क्रम सुरु हुनेछ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411