१२ कम्पनीले गरे ईन्धन आयातको टेण्डर दर्ता

सोमबार, असोज २५, २०७२ साल,
काठमाडौं । भारतले नाकाबन्दी लगाएर ईन्धन आयात ठप्प पारेपछि नेपाल आयल निमगले अल्पकालीन ईन्धन आयातका लागि खोलेको ग्लोबल टेण्डरमा १२ कम्पनीले आशयपत्र दाखिला गरेका छन् । यसरी आशयपत्र दर्ता गराउनेमा स्वदेशी र बिदेशी कम्पनीहरु छन् ।

 नेपाल आयल निगमले प्राप्त आशयपत्रहरुको अध्ययन गरी चाँडै नै कम्पनी छनौट गरिने जनाएको छ । निगमका अनुसार आन्तरिक गृहकार्य गरी कार्यबिधि निर्माण र छनौट कमिटी गठन गरी कम्पनीहरु छानिने छ । 

भारतीय नाकाबन्दीले अफ्ठेरो भएपछि सरकारले नेपाल आयल निगमलाई बैकल्पिक रुपमा ईन्धन आयात गर्ने ब्यवस्था गर्न निर्देशन दिएको थियो । निगमले तीन दिनको समय दिएर कम्पनीहरुलाई आशयपत्र बुझाउन ग्लोबल टेण्डर आब्हान गरेको थियो ।

निगमले १५ दिनका लागि मात्रै ईन्धन आयात गर्न कम्पनीहरुलाई आशय पत्र दिन भने पनि समय लम्बिन सक्ने बताईएको छ । आशयपत्र बुझाउने कम्पनीहरुको नाम भने निगमले सार्वजनिक गरेकोे छैन ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411