तेल नदिने भारतको आइओसीले तेल दिन्छु भन्र्दै ग्लोबल ट्रेण्डर सहभागी

आईतवार, असोज २४, २०७२ साल,
काठमाडौं । पेट्रोलिय आपुर्तिका लागि नेपाल आयल निगमले गरेको ग्लोबल टेण्डरमा इन्डियन आयल कर्पोरेसन पनि सहभागि हुने भएको छ । भारतले अघोषित नाकाबन्दी लगाएर आपूर्तिमा व्यवधान सिर्जना गरिरहेकै अवस्थामा आइओसीले निगमको ग्लोबल टेण्डरमा सहभागिता जनाउन लागेको हो । 

आइओसीले आइतबार निगमलाई इमेलमार्फत पत्र पठाउँदै ग्लोबल टेण्डरमा भाग लिने जनाएको हो । गत साता निगमले पेट्रोलियम आपुर्तिका लागि ग्लोबल टेण्डर आव्हान गरेको थियो । १५ दिनका लागि पुग्ने पेट्रोलियम पदार्थ आपुर्ति गर्न निगमले टेण्डर मागेको हो ।
 
‘आइओसीले इमेल गरेर ग्लोबल टेण्डरमा भाग लिन पत्र पठाएको हो, निगम स्रोतले भन्यो, आइओसीले टेण्डर भर्ने जनाएको छ ।’ आइओसीले आयल निगमसँगको व्यापारलाई सुरक्षित गर्न चाहेको कारण टेण्डरमा भाग लिन खोजेको हो । यो व्यापार नगुमाउन उसले चासो देखाएको निगमका अधिकारीहरुको विश्लेषण छ । 
 
आइओसी र निगमबीच वार्षिक एक खर्ब २५ अर्ब रुपैयाँको कारोबार हुन्छ । नेपालमा प्रत्येक वर्ष पेट्रोलियम पदार्थको कारोबार वढ्दै गएको छ । आइओसीसँग मात्रै निगमले पेट्रोलियम किन्दै आएको छ । आइओसीका लागि ठूलो व्यापार हो । 
 
सरकारले नै सहज नहुँदासम्मका लागि वैकल्पिक उपाय अपनाएर पेट्रोलियम आपुर्ति गर्ने निर्णय गरेको थियो । निगमले ग्लोवल टेण्डरबाट २०० केएल डिलेज, १०० केएल पेट्रोल, २०० केएल हवाई इन्धन र १०० मेट्रिक टन एलपी ग्याँस आयात गर्न खोजेको हो । 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411