भारतले तेल दिन थाल्यो, गोन्डामा २६ ट्यांकर तेल लोड, अन्य नाकाबाट पनि दिने संकेत

आईतवार, असोज २४, २०७२ साल,
काठमाडौं । इन्डियन आयल कर्पोरेशनले डिपोमा पुगेका नेपाली  ट्यांकरलाई  पेट्रोलियम पदार्थ दिने संकेत गरेको छ ।  आइओसीले आइतबार विदाको दिनमा समेत डिपो खोलेर नेपाली ट्यांकरलाई तेल दिने थालेको हो ।

आइओसीले आइतबार भारतको गोन्डा डिपोमा पुगेका २६ ट्यांकरलाई तेल दिइसकेको स्रोतले बतायो । ‘गोन्डा डिपोमा जति पुगेका थिए सबैलाई आइओसीले तेल लोडिङ गरिदिइसकेको छ,’ निगम उच्च स्रोतले भन्यो, ‘यसले केही सकारात्मक संकेत देखिएको छ तर अझैपनि हामी विश्वस्त छैनौ ।’ स्रोतका अनुसार आइओसीले सबै डिपोबाट माग अनुसार तेल नदिएसम्म विश्वस्त हुन सकिदैन ।

आइओसीले शनिबार आयल निगमका अधिकारीहरुलाई टेलिफोन गरेर ट्यांकर पठाउन आग्रह गरेको थियो । यो आग्रह अनुसार आइओसीका विभिन्न डिपोमा ट्यांकर पठाइरहेको छ । भारतको गोन्डामा रहेको यो डिपो सबैभन्दा सानो हो ।

गोन्डामा भारतकै बरौनीबाट तेल आउँछ । निगम स्रोतका अनुसार आइतबार लोडिङ भएको तेल अहिलेसम्मकै बढी हो । निगमका अनुसार आइओसीको आग्रहपछि रक्सौंल वाहेकका भारततर्फ ट्यांकर पठाउने कार्य भइरहेको छ । 
 
‘मधेशमा भइरहेको आन्दोलनका कारण हामीले स्कर्टिङ गरेर ट्यांकर पठाइरहेका छौ । अमलेखगञ्ज डिपोका लागि बरौनीबाट तेल ल्याउन पठाइरहेका छौ,’ निगमका ती अधिकारीले भने, ‘आन्दोलनका कारण समेत उल्लेख्य ट्यांकर पठाउन कठिन भइरहेका छ । तर तेल दिने हो भने जसरी पनि ट्यांकर पठाउनेछौ ।’ आइओसीले शनिबार ग्रीन सिंग्नल दिनेवितिकै सुरक्षा निकायका प्रमुखलाई जानकारी गराएर स्कर्टिङमार्फत ट्यांकर पठाउन थालिएको छ । 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411