​२७ गते निगमले निजी सवारी साधनलाई ७ लाख लिटर पेट्रोल बाँड्ने, मोटरसाइकललाई ५ लिटर र कार, जिपलाई १५ लिटर

आईतवार, असोज २४, २०७२ साल,
काठमाडौं । भारतले अघोषित रुपमा नाकाबन्दी गरेपछि नेपाल आयल निगमले निजी सवारी साधनलाई इन्धन दिन छाडेको  छ ।
 
इन्धन बाँड्न छाडेपछि उपत्यकाका सर्वसाधारण दसैंमा घर जान पाइने हो कि नपाइने हो भन्ने चिन्तामा छन् । तर चाडबाडलाई ध्यानमा राखेर निगमले पर्सि मंगलबारदेखि निजी सवारी साधनलाई पनि पेट्रोल दिने जनाएको छ ।
 
निगमका प्रवक्ता दीपक बरालका अनुसार मोटरसाइकल तथा कार र जिपलाई मंगलबारबाट ७ लाख लिटर पेट्रोल बाड्ने जानकारी दिए । मोटरसाइकललाई ५ लिटर र कार, जिपलाई १५ लिटर पेट्रोल उपलब्ध गराइने उनले बताए ।
 
सबैभन्दा पहिला लाइनमा बस्नेलाई तेल दिने भन्दै कारणबस तेल सकिए हो हल्ला र हुलदंगा नगर्न उनले सबैसँग आग्रह गरे । नाकाबन्दीले इन्धन आयातमा कमी भएपछि  निगमले बितरणमा भारी कटौती गर्दे आएको छ ।
 
दैनिक साढे ३ सय किलो लिटर बितरण हुने पेट्रोल अहिले ४० देखी ५० हजार लिटर मात्रै बितरण गर्दे आएको छ । बसलाइ पनि तेल उपलब्ध गराइने निगमले जनाएके छ । बितरण हुने दिनमा निजी र सार्वजनिक सवारीका लागि छुटा छुटै पम्प तोकिने निगमको योजना छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411