​थानकोट डिपोबाट बाड्ने ईन्धनको परिमाण घटाउदै निगम, मंगलबार कुन कुन पम्पलाई दियो

मंगलवार, असोज १९, २०७२ साल,
काठमाडौं । भारत सरकारको नाकबन्दीका कारण पेट्रोलियम पदार्थको अभाव भएपछि थानकोट डिपोमा मौज्दात रहेको पेट्रोलियम पदार्थ कोटा प्रणालीमा वितरण गर्दे आएको आयल निगमले मंगलबार वितरण गर्ने पेट्रिोलियम पदार्थको परिमाण घटाएको छ । निगमको मौज्दात कम हुदै गएपछि निगमले थानकोट डिपोबाट वितरण गर्ने ईन्धनको परिमाण घटाएको हो । 

मंगलबार आयल निगमले ६ वटा पम्पलाई पेट्रोल र ४७ पम्पलाई डिजल वितरण गर्ने जनाएको छ । अघिल्लो दिनको तुलनामा पेट्रोल तथा डिजलको परिमाण घटाएको निगमले मंगलबार ३० हजार लिटर पेट्रोल तथा १ लाख ९१ हजार लिटर डिजल वितरण गर्न लागेको हो ।

सोमबार निगमले ९ पेट्रोलपम्पलाई ४९ हजार लिटर पेट्रल तथा ६३ पम्पलाई २ लाख ५० हजार लिटर डिजल थानकोट डिपोबाट उपलब्ध गराएको थियो । 


हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411