​पेट्रोलियम पदार्थ बोकेका टयाङ्करसहित ६०० गाडी गन्तव्यमा पुर्‍याइयो

मंगलवार, असोज १९, २०७२ साल,
विराटनगर । विराटनगर  सुरक्षाकर्मीले टयाङ्कर ,मालबाहक ट्रक र बसलगायतका करिव ६०० गाडीलाई सुरक्षा घेरामा राखेर गन्तव्यसम्म पुर्‍याएका छन् ।

विराटनगरस्थित रानी भन्सारमा रहेका ७९ वटा गाडीसहित २९३ वटा गाडीलाई मोरङ जिल्ला कटाएर गन्तव्यसम्म पुर्‍याउनका लागि सुनसरीको सुरक्षाकर्मीको जिम्मामा दिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

विराटनगर भन्सारका ७९ वटा गाडीमध्येबाट डिजेल बोकेका १४ वटा टयाङ्कर, पेट्रोल बोकेका ११ वटा ट्याङ्कर र दुईवटा ग्यास बुलेटलगायतका मालवाहक गाडी रहेको प्रहरी नायवउपरीक्षक प्रमोद खरेलले बताए । ती गाडी सोमवार विराटनगर भन्सारको परिसरमा प्रवेश गरेको थियो ।

यसका साथै, सुनसरीका सुरक्षाकर्मीले सुरक्षा घेरामा जिल्लाको सीमावर्ती क्षेत्रमा ल्याएका अन्य २९७ वटा बस र मालबाहक गाडीलाई मोरङका प्रहरीले सुरक्षा घेरामा राखेर गन्तव्यसम्म पुर्‍याएका छन् । रासस

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411