​मोर्चाद्वारा दुई ट्रकमा आगजनी, पेट्रोल पनि जलाइयो

मंगलवार, असोज १९, २०७२ साल,
वीरगन्ज । जगरनाथपुरमा राखिएको ना २ ख ४५५२ र ना २ ख ५९७५ नम्बरको खाली ट्रक मध्यरातमा मोर्चाका कार्यकर्ताहरुले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

बन्दको अवज्ञा गरेर गाडी चलाएको भन्दै २०/५० जनाको समूहमा रहेको मोर्चाका कार्यकर्ताहरुले ट्रकमा आगजनी गरेका हुन् ।
त्यस्तै मोर्चाका कार्यकर्ताहरुले बाराको बसन्तपुरमा ३६ लिटर डिजल र १८ लिटर पेट्रोल जलाएर नष्ट गरिदिएका छन् ।

भारतबाट बिक्रीको लागि ल्याईरहेको ३६ लिटर डिजल र १८ लिटर पेट्रोल रामजानकी मन्दिर नजिक कब्जामा लिएर उनीहरुले जलाएका हुन् । तीनजनाले ड्रममालिएर आएको डिजल र पेट्रोल मोर्चाका कार्यकर्ताहरुले खोसेर जलाएको स्थानीय विनोद साहले जानकारी दिए ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411