​भारतको असली नियत आज थाहा हुन्छ : मन्त्री थापा

सोमबार, असोज १८, २०७२ साल,
काठमाडौं । आपूर्तिमन्त्री सुनीलबहादुर थापाले भारतले तेल दिने वा नदिने आज थाहा हुने बताएका छन् । भारतले शनिबार नाकाबन्दी खुलेको बताए पनि आइतबार तेल दिएन । मागको १० प्रतिशत मात्र दिने भन्दै इन्धन लिन पुगेका इण्डियन आयल कर्पोरेशनको डिपोहरुमा पुगेका नेपाली ट्यांकरहरुमा तेल लोड गरेन ।

आपूर्तिमन्त्री थापाले यसबारे के भएको हो भनेर आफूले भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई सोधेको बताए । उनले भने, ‘मैले आज बिहान मात्र दीपजीसँग कुरा गरेको छ ।’

भारतले झुक्याएको हो भन्ने प्रश्नमा आपूर्तिमन्त्री थापाले भने, झुक्यायो नै त म भन्दिँन । तर, हिजो आइतबार भारतमा विदा भएकाले बहाना मिल्यो । आजबाट त कार्यालय खुल्यो । अब थाहा हुन्छ, सत्यता हो कि मूर्खता के भएको हो ?

आज दिउँसोसम्म भारतले पूर्वप्रतिवद्धता अनुसार तेल दिने नदिने दिउँसोसम्म थाहा हुने उनले बताएका छन् । आपूर्तिमन्त्री थापाले तेल आयातमा विकल्प खोज्ने जिम्मा आयल निगमलाई दिइसकेको बताएका छन् । ‘

सबै बैकल्पिक उपाय अध्ययन गरी कार्यान्वयन गर्ने अधिकार नियमलाई दिइएको छ’ चीनबाट तेल ल्याउन नचाहेको आरोप गलत भएको भन्दै उनले भने ‘सिंगापुर, बंगलादेश, अमेरिका कहाँबाट ल्याउने हो, निर्णय गर्ने अधिकार आयल निगमलाई दिइसकेको छौं ।’

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411