​पर्यटन बोर्ड सदस्यमा फूर्वा ग्याल्जेन, धनेन्द्र र राजेन्द्रको नियुक्ति

आईतवार, पौष २७, २०७१ साल,
काठमाडौं पुष २५ । नेपाल पर्यटन बोर्ड सञ्चालक समिति सदस्यमा फूर्वा ग्याल्जेन शेर्पा, धनेन्द्र श्रेष्ठ र राजेन्द्र सापकोटा नियुक्त भएका छन्। शेर्पा पुनः दोहोर्‍याएर बोर्ड सदस्य नियुक्त भएका हुन् भने श्रेष्ठ र सापकोटा नयाँ सदस्य नियुक्त भएका छन्।

बिहीबार पर्यटनमन्त्री दीपकचन्द्र अमात्यले आगामी तीन वर्षका लागि बोर्ड सदस्य नियुक्त गरेका हुन्।

बोर्डमा प्रतिनिधित्व गरेका शेर्पा, पम्फा धमला र टीकाराम सापकोटाको पदावधि गत पुस १७ गते सकिएको थियो । उनीहरुको पदावधि सकिएपछि नयाँ सदस्य नियुक्त भएको पर्यटन मन्त्रालयले जनाएको छ। नियुक्त नेपाल पर्यटन बोर्ड २०५३ अनुसार बोर्ड सदस्य भएको हो ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411