​शेयर बजार साढे ६ अंकले बढ्यो, साढे ३३ करोडको कारोबार

बिहीवार, पौष २४, २०७१ साल,
काठमाडौं पुष २४ । सेयर बजार ६.४३ अंकले बढेर बन्द भएको छ । ११ अंकसम्मले बढेको बजार बीचमा  केही करेक्सन भएर करि ९३१ अंकमा बन्द भएको छ ।
 
दिनभरीमा १४५ कम्पनीको ३३ करोड ४० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यसमध्ये प्रमु बैंकको मात्र पाँच करोड ४४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । प्रभु बैंकको चार करोडको संस्थापक र एक करोड ४३ लाखभन्दा वढीको सर्वसाधारणको सेयर किनबेच भएको हो ।
 
राजनीतिक कारणले बजार प्रभावित भएको भनिँदै आएपनि नेप्सेको बृद्धिले त्यसलाई गलत सावित गरिदिएको छ । राजनीतिक सहमति तोडिएको समाचार सार्वजनिक हुँदा समेत बजारका सबै सुचकहरु उकालो लागेका छन् ।
 
सबैभन्दा बढी होटल, बिमा, जलविद्युत सुचक उकालो लागेका छन् । बैंकिङ, विकास बैंक र फाइनान्स कम्पनी सुचक पनि उकालो लागेको छ । अन्य र उत्पादनमूलक क्षेत्रको सेयर मूल्य पनि बढेको छ ।
 
दिनभरीमा ओरेन्टल होटलको एक करोड २० लाख, नेसनल लाइफको एक करोड १९ लाख, सानिमा माइ हाइड्रो पावरको एक करोड १६ लाख, नेपाल लाइफको एक करोड ११ लाख, एभरेष्ट बैंकको एक करोड र चिलिमेको एक करोडको सेयर किनबेच भएको छ । 
 
बजार बढ्दा सबैभन्दा वढी कमाउनेमा हिमालयन डिस्ट्रिलरी, टुरिज्म् डेभलपमेन्ट बैंक, नागवेली लघुवित्त विकास बैंक, लक्ष्मी लघुवित्तका लगानीकर्ता छन् । बजार बढ्दा पनि गुमाउनेमा युनिक फाइनान्स, यति डेभलपमेन्ट बैंक, सिटी डेभलपमेन्ट बैंक, ज्योति विकास बैंक र जनता बैंकका लगानीकर्ता छन् ।
 
एनबी इन्स्योरेन्सको सेयर आइएमइ समूहका सदस्य तथा संस्थाहरुमा नामसारी भएको छ । समूले इन्स्योरेन्सको ४५.५ प्रतिशत सेयर खरीद गरिसकेको थियो, त्यही सेयर बिहीबार वास्तविक सेयरधनीका नाममा नामसारी भएको हो ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411