​अब निजी सवारी साधनमा जोर विजोर नियम नलाग्ने

बिहीवार, असोज १४, २०७२ साल,
काठमाडौं । सरकारले निजी गाडीलाई तेल दिन छाडेपछि जोर विजोर प्रणाली हटाउने भएको छ। आजदेखि निजी गाडीलाई तेल दिन छाडिएकाले जोर विजोर प्रणाली उलंघन गरेर गाडी चलाएपनि कारबाही नगर्ने गृह मन्त्रालयले जनाएको छ।

निजीलाई तेल नदिने निर्णय भइसकेपछि कसैले आफै जोहो गरेर गाडी चलाउन सक्छ भने जोर विजोर प्रणाली हटाइदिएको राम्रो हुन्छ भनेर हटाउन लागेका हौ मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले भने तर निर्णय भइसकेको छैन, यस बारेमा भोलि मिटिङ हुन्छ।

भारतले इन्धन पठाउन छाडेपछि अभावको समयमा ब्यवस्थापन गर्न सरकारले जोर गते जोर नम्बरका र विजोर गते विजोर नम्बरका गाडीमात्र चलाउने नियम लगाएको छ।

हिजोसम्म गाडी चल्ने दिनमा ठूलो गाडीलाई ३० लिटर र साना गाडीलाई १० लिटर तेल दिएको थियो। तर अभाव अझै चर्किने अनुमान गर्दै आजदेखि भने सार्वजनिक गाडीलाई मात्र तेल दिन थालेको छ।  

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411