​भद्रपुरको विद्युत् सेवा अवरुद्ध

सोमबार, भाद्र १४, २०७२ साल,

भद्रपुर । नेपाल विद्युत् प्राधिकरण भद्रपुर शाखाबाट वितरीत हुने स्थानहरुमा आज बिहानदेखि विद्युत् सेवा अवरुद्ध भएको छ। 
 
शाखाको पुरानो सवस्टेसनलाई स्तरोन्नति गर्ने कार्य भइरहेकाले विद्युत् लाइन काटिएको कार्यालय प्रमुख रोशन खड्काले जानकारी दिए। बिहान ६ देखि बेलुका ८ बजेसम्म यस शाखाबाट वितरीत भद्रपुर, चन्द्रगढी, महेशपुर, हल्दीबारी, जलथल, डाँडामणि क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको बताइएको छ यसैगरी गएराति परेको पानीले भद्रपुर क्षेत्रमा नेपाल टेलिकमबाट वितरीत लेनलाइन टेलिफोनको लाइन बन्द भएको छ। 
 
टेलिकमको पिएसटिएन लाइनसँगसँगै मोबाइलमा पनि समस्या उत्पन्न भई सम्पर्क हुन छाडेकाले स्थानीयवासीलाई समस्या भएको छ । रासस 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411