​नयाँ नोटदेखि खसीसम्म पाइने दसैं महोत्सव असोजको पहिलो साता

आईतवार, भाद्र १३, २०७२ साल,

काठमाडौं । सिटी रेबान पोखराले आगामी असोज २२ देखि कात्तिक २ गतेसम्म पोखरा रङ्गशालामा ‘चौथो सिटी रेवान दसैँ महोत्सव’ गर्ने भएको छ। 
 
महोत्सवमा दसैँका लागि आवश्यक पर्ने उपभोग्य वस्तु नयांँ नोटदेखि खाद्यान्न, लत्ताकपडा, खसी, च्याङ्ग्रालगायत वस्तु राखिने संस्थाका अध्यक्ष तथा महोत्सव आयोजक समितिका अध्यक्ष शेपी शर्माले बताए। 
 
महोत्सव आकर्षणका लागि लोकदोहोरी गीत प्रतियोगिता पप कन्सर्ट, विविध सांस्कृतिक कार्यक्रम, हास्य कलाकारको प्रस्तुति, गृहिणी नृत्य प्रतियोगिता, रत्यौली र बाल नृत्य प्रतियोगिता पनि महोत्सवमा राखिने छ।
 
त्यस्तै बाल उद्यान, कृषि प्रदर्शनी, भारतबाट आएका कलाकारको भोजपुरी, बिहारी र हिन्दी नृत्य प्रस्तुति पनि रहनेछ । महोत्सवमा दर्शकहरुलाई कोदोका परिकार र भुटेका मकै खुवाइने कार्यक्रम पनि छ । महोत्सव सम्पन्न गर्न सिटी रेबानका अध्यक्ष केपी शर्माको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ ।रासस 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411