​आजदेखि प्लास्टिक उद्योगमै अनुगमन गरिने

बिहीवार, भाद्र १०, २०७२ साल,
काठमाडौँ । उपत्यकामा प्लास्टिक झोला निषेध गरेपछि वातावरण विभागले पहिलोपटक बिहीबारबाट उपत्यकाका प्लास्टिक उद्योगमै अनुगमन सुरु गर्ने भएको छ । 
 
थोक र खुद्रा प्लास्टिक व्यापारीकोमा मात्र अनुगमन गरी कारबाहीको प्रक्रिया अघि बढाउँदा मूल सफा नगरी धारा सफा हुँदैन भन्ने धेरैको विचार आएकाले उद्योगमै अनुगमन गर्न लागिएको हो । 
 
काठमाडौँ बाहिर पनि ३० माइक्रोनभन्दा कमको प्लास्टिक झोला विक्री वितरण बन्द गरिएकाले अनुगमनका क्रममा सोभन्दा कम उत्पादन गर्ने उद्योगलाई कारबाहीको प्रक्रिया अगाडि बढाइने विभागका उपमहानिर्देशक सुरेन्द्र सुवेदीले जानकारी दिए। 
 
“उपत्यकामा ४० भन्दा धेरै प्लास्टिक उद्योग रहेको तथ्याङ्क पाएका छौँ, बिहीबारबाट सबै उद्योगमा अनुगमन गरी सरकारले तोकेभन्दा कम क्षमताको प्लास्टिक झोला उत्पादन गर्र्ने उद्योगलाई कारबाहीका लागि विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयमा सिफारिस गर्नेछौँ” –उनले भने।
 
वैशाख १२ गतेको भूकम्पले देशका धेरै जिल्लामा प्रभाव पारेपछि विभागले अनुगमन बन्द गरेको थियो । भूकम्पको तीन महिना बितेपछि साउन १४ गतेबाट विभागले पुनः अनुगमन सुरु गरेको थियो । साउन १४ देखि ३२ गतेसम्मको अनुगमनबाट एक हजार ८० केजी प्लास्टिक जफत गरिएको विभागले जनाएको छ । भूकम्पपछि काठमाडौँ र ललितपुरका महानगरपालिका, उपमहानगरपालिका एवम् नगरपालिकामा अनुगमन गरिएको छ । भक्तपुरमा भूकम्पले धेरै प्रभाव पारेकाले अनुगमन नगरिएको हो । रासस 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411