केरुङ-रसुवा रेलमार्गको सम्भाव्यता अध्ययन हुने

सोमबार, पौष २१, २०७१ साल,
काठमाडौं पुष २१ । व्यवस्थापिका संसदको विकास समितिले केरुङ रसुवा रेलमार्गको सम्भाव्यता अध्ययन गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिले  सोमबार रेल विभागका महानिर्देशक अनन्त आचार्यसँग छलफल गरेको थियो । लगत्तै तिब्बतको केरुङसम्म ल्याएको रेललाई नेपालको रसुवासम्म ल्याउनेबारे अध्ययन गर्न निर्देशन दिएको हो ।

चीनले केही महिनाअघि नेपालको सीमा केरुङसम्म रेल विस्तार सुरु गरिसकेको छ । गत साउनमा ल्हासा हुँदै सिगात्से आइपुगेको रेललाई ६ वर्षभित्र नेपालको सीमा क्षेत्र केरुङसम्म जोड्ने घोषणा गरेको थियो ।

ल्हासा सिगात्से रेलमार्ग भने बनिसकेको छ । चीनले सन् २०२० भित्र यसलाई नेपाल, भारत र भुटानको सीमासम्म विस्तार गरिने बताएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411