​सुनको भाउ ५ सय रुपैयाँले घटेयो, तोलाको ५० हजार ५ सय रुपैया

बिहीवार, भाद्र १०, २०७२ साल,
काठमाडौं । स्थानीय बजारमा सुनको भाउ ओरालो लाग्न थालेको छ । निरन्तर उकालो लागिरहेको सुन मंगलबारदेखि पुनः ओरालो लाग्न थालेको हो ।

बिहीबार सुनको भाउ तोलामा ५ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको भाउ तोलाको ५० हजार ५ सय रुपैयाँ तोकेको छ ।

बुधबार सुन तोलाको ५१ हजारमा किनबेच भएको थियो भने मंगलबार ५१ हजार ८ सय रुपैयाँमा किनबेच भएको थियो । दुई दिनको अन्तरमा सुनको भाउ तोलामा १३ सय रुपैयाँले घटेको छ ।

चाँदीको भाउ पनि बिहीबार तोलामा १० रुपैयाँ घटेको छ । बिहीबार बजारमा चाँदी तोलाको ६ सय ७० रुपैयाँमा किनबेच भइरहेको छ । बुधबार चाँदी तोलाको ६ सय ८१ रुपैयाँमा किनबेच भएको थियो ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411