​काबेली करिडोर प्रशारण लाइनको परीक्षण सकियो

बिहीवार, भाद्र १०, २०७२ साल,
काठमाडौं । गैर आवासीय नेपालीहरुको प्रवर्द्वनमा निर्माणाधीन  २२ मेगावाटको सानिमा माई जलविद्युत आयोजनाबाट उत्पादित विद्युत वितरणका लागि प्रसारण लाईनमा परिक्षण सकिएको छ ।

 १३२ केभीएको प्रसारण लाईनमा सो आयोजनाबाट उत्पादित विद्युतको सफल परिक्षण भएकाले निकट भविष्यमै राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ ।

इलामको गोदकदेखि झापाको दमकसम्म ३४ किलोमिटर प्रशारण लाइन नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको हो । प्रसारण लाइन समयमै नबनेका कारण उत्पादित विद्युत बिक्री गर्न नपाउँदा सानिमाले करोडौं रकम गुमाउनु परेको थियो ।


एक वर्षअघि नै निर्माण सम्पन्न भएको यो आयोजनाले प्रसारण लाइनको अभावमा व्यावसायिक उत्पादन गरेको थिएन । केही दिनभित्रै व्यावसायिक उत्पादन गर्ने आयोजनाले जनाएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411