​डलर महँगिदै १ सय ७ रुपैयाँनजिक

मंगलवार, भाद्र ८, २०७२ साल,
काठमाडौं  दैनिकजसो बढ्दै गएको अमेरिकी डलरको भाउ १ सय ७ रुपैयाँनजिक पुगेको छ। यो २ वर्ष यताकै महँगो भाउ हो। नेपाल राष्ट्र बैंकले मंगलवारका लागि डलरको विक्रीदर मूल्य १ सय ६ रुपैयाँ ९८ पैसा तोकेको छ। त्यस्तै खरिददर मूल्य १ सय ६ रुपैयाँ ३८ पैसा तोकेको छ।
 
यसअघि हिजो विक्रीदर मूल्य १ सय ५ रुपैयाँ ६३ पैसा तथा खरिददर मूल्य १ सय ५ रुपैयाँ ३ पैसा निर्धारण भएको थियो। चिनले आफ्नो मुद्रामा डलरसित अवमूल्यन गरेकै कारण डलरको भाउ बढेको विश्लेषकहरु बताउँछन्। 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411