​नेपाल–भारत पेट्रोलियम पाइपलाइन विस्तारसम्बन्धी सम्झौतामा हस्ताक्षर

सोमबार, भाद्र ७, २०७२ साल,
  
काठमाडौँ । रक्सौल—अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन विस्तारसम्बन्धी सम्झौतामा सोमबार हस्ताक्षर भएको छ ।

नेपाल सरकार र भारत सरकार विच सोमबार बाणिज्य तथा आपूर्ति मन्त्रालयमा पाइपलाइन विस्तारगर्ने सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा नेपाल सरकारको तर्फबाट बाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापा र भारत सरकारका तर्फबाट भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री धर्मेन्द्र प्रधानले हस्ताक्षर गरेका हुन् । सो अवसरमा नेपालका तर्फबाट उच्च अधिकारीहरु, भारतीय राजदूत रणजीत रोय। भारतीय आयल कर्पोरेशनका अध्यक्ष वी अशोका लगायतको उपस्थिति रहेको थियो ।  

यो सम्झौता कार्यान्वयनका लागि नेपाल आयल निगम र भारत आयल कर्पोरेशन विच अर्को सम्झौता भएपछि पाइपलाइन निर्माण कार्य शुरु हुने बताईएको छ । निर्माण सम्झौता भएको ३० महीनाभित्रमा पाइपलाइन विस्तार कार्य सम्पन्न हुने बताईएको छ ।

रक्सौल देखि अमलेखगञ्ज सम्म रहेको ४१ किलोमिटर लामो पेट्रोलियम पाइपलाइन विस्तारपछि नेपालमा हुंदै आएको पेट्रोलियम पदार्थको चुहावट र ढुवानी भाडा सम्बन्धि समस्या नहने अधिकारीहरुले बताएका छन् ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411