छिन्ताओ वियरका उत्पादन नेपालमा विक्री बितरण शुरु, महिला आर्कषित

मंगलवार, भाद्र १, २०७२ साल,
काठमाडौं । विश्वप्रशिद्ध ‘छिन्ताओ ब्रुअरी कं.’को ११२औं स्थापना दिवसको अवसर पारेर ‘छिन्ताओ वियर’ नेपाली बजारमा ल्याएको छ । 

अधिकृत बिकेता, “लभ्ली बेभरेज”ले ‘छिन्ताओ’ ब्राण्डका ६४० मी. ली. र ३३० मी. ली. काबोटल र ३५५ मी. ली. को ‘स्टाउट्बीयर’ नेपालको बजारमा उपलब्ध छ । 

बिगत आठ महिना अघिदेखि ‘छिन्ताओ’ ब्राण्डका वियरहरु ५०० मी. ली. र ३३० मी. ली.का क्यानमा बिक्री बितरण गर्दै आएको थियो । कम्पनीले पहिलो पटक बोटलमा यस ब्राण्डका उत्पादनहरु नेपाली बजारमा उपलब्ध भएको जनाएको छ । 

छोटो समयमा नै लोकप्रिये ‘छिन्ताओ वियर’ उपभोक्ता माझ यसको बिशिष्ट स्वाद रहेको कम्पनीले जनाएको छ । विश्वका ९० वटा भन्दा बढी देशहरुमा आयात गरिने ‘छिन्ताओ’ ब्राण्डका बिबिध वियरका उत्पादनहरु मध्य नेपालीे बजारमा आएको ‘स्टाउट्बीयर’ मा ७.४५ अल्कोहोल रहेको र यसलाई अधिकतम बजार मुल्य रु २४०.०० मा उपत्यका, पोखरा, बुटवल, पाल्पा, दमौली, नेपालगंज, लुक्ला आदी स्थानका मुख्य मुख्य बजारहरुमा उपलब्ध गराईएको छ ।

त्यस्तै ६४० मी. ली. बोटलको रु ३४५.०० र ३३० मी. ली. बोटलको रु १९५.०० अधिकतम बिक्री मुल्य तोकेको “लभ्ली बेभरेज” ले जनाएको छ । ‘तीतो होइन मीठो वियर’भनी चिनाईएको ‘छिन्ताओ बीयर’ महिलाहरु माझ पनि उत्तिकै लोकप्रिय रहेको जनाईएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411