‘पपैया’ खरिद गरेर ७ जनाले पाए स्कुटर

आईतवार, श्रावन ३१, २०७२ साल,
काठमाडौं । सौन्दर्य प्रशाधन उत्पादक कम्पनी ‘जोय’ले उपहार योजनाबाट छानिएका ७ जनालाई स्कुटर प्रदान गरेको छ ।

जोय कम्पनीले ‘पपैया सन’को खरिदपछि प्राप्त कोड नम्बर एसएमएस गरी उपहार योजनामा सहभागी भइ लक्की ‘ड्र’मार्फत् छानिएका ७ जनालाई स्कुटर प्रदान गरेको हो ।

चितवनकी चिजा अधिकारी, धादिङकी हिना घले, सिराहाकी स्नेहा शाह, रामेछापकी तृषा खड्का, मोरङकी सदीक्षा तामाङ, कैलालीकी निर्मला शाह र सिन्धुपाल्चोकका सोनाम तामाङले स्कुटर जितेका हुन् ।

उपहार योजनामा कुल ३५ हजार जनाले एसएमएस गरेको कम्पनीले जनाएको छ । कम्पनीले उपभोक्ता लक्षित कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411