बुटवल पावरले कमायो ५२ करोड, प्रति शेयर आम्दानी ३१ रुपैंया

शुक्रबार, श्रावन २९, २०७२ साल,
काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७१/७२ मा ५२ करोड २२ लाख १७ हजार रुपैंया खुद नाफा कमाएको छ । 

अघिल्लो आर्थिक वर्षमा कम्पनीले ३० करोड ३७ लाख ६८ हजार रुपैंया खुद कमाएकोमा गत आर्थिक वर्षमा यो २१ करोड ८४ लाख ४९ हजार रुपैंयाले बढेको हो । कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा ७१ दशमलव ९१ प्रतिशतले बढेको हो ।

विभिन्न विभिन्न सहायक कम्पनीको स्थापना गरी जलविद्युत आयोजना निर्माणमा सक्रियता बढाउँदै आएको कम्पनीको प्रतिशेयर आम्दानी ११ रुपैंया ४६ पैसाले बढेको छ । अघिल्लो आर्थिएक वर्षमा प्रतिशेयर आम्दानी १९ रुपैंया ७५ पैसा भएकोमा गत वर्ष त्यसमा ५८ प्रतिशतले सुधार आएर ३१ रुपैंया २१ पैसा पुगेको हो ।

४ मेगावाटको खुदी आयोजना निर्माण सम्पन्न गरेको कम्पनीले काबेली, न्यादी, तल्लो मनाङ गरी १ सय ७० मेगावाट क्षमताका ३ वटा जलविद्युत् आयोजना निर्माणमा गृहकार्य गरिरहेको छ । यी सबै आयोजनामा लगानी गर्ने निर्णय गरेको कम्पनीको प्रतिकित्ता शेयर गत आर्थिक वर्षमा ५ सय ९१ रुपैंयादेखि ६ सय ५० रुपैंयामा किनबेच भएका छन् १९ दशमलव ७७ प्रतिशत पीइ रेशियो रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ २ सय ८ रुपैंया ९४ पैसा रहेको छ ।

जलविद्युत आयोजना अघि बढाएर प्रत्येक २ वर्षमा एउटा नयाँ आयोजना अघि बढाउने लक्ष्य लिएको कम्पनीले सन् २०१९ सम्म काबेली र न्यादी आयोजनाको निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ । काबेलीमा विश्व बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)ले लगानी गर्ने छन् भने नेपाल विद्युत प्राधिकरणसँग पनि सैद्धान्तिक पीपीए भइसकेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411