​पश्चिममा पेट्रोलको चर्को अभाव

बिहीवार, श्रावन २८, २०७२ साल,

भीमदत्तनगर । लगातार पाँच दिनदेखिको बन्दले कैलाली र कञ्चनपुरमा पेट्रोलको अभाव भएको छ। 
 
विभिन्न पक्षले आ–आफ्ना माग राख्दै आह्वान गरेको बन्दका कारण कञ्चनपुरको महेन्द्रनगर, सुडा, दैजी, झलारी र कैलालीको अत्तरिया, धनगढी, टीकापुरलगायतका बजारमा पेट्रोलको अभाव भएको हो। 
 
नेपाल आयल निगम क्षेत्रीय कार्यालय धनगढीबाट सहज आपूर्ति नभएका कारण आइतबारदेखि पेट्रोलको अभाव भएको व्यवसायीले बताएका छन्। नेपाल आयल निगम क्षेत्रीय कार्यालयले पेट्रोलियम पदार्थ ढुवानीमा प्रहरी र प्रशासनसँग सहकार्य हुन नसकेका कारण अभाव भएको जनाएको छ । 
 
पेट्रोलको अभाव हुँदा मोटरसाइकल प्रयोगकर्ता किराना पसलबाट प्रतिलिटर १२० देखि १५० सम्म तिरेर पेट्रोल किन्न बाध्य भएका छन्। कञ्चनपुरका बासिन्दाले सीमावर्ती भारतीय सहरहरूमा गएर पेट्रोल ल्याइरहेका छन्। रासस 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411