​सुनचाँदीको भाउ उकालो लाग्ने क्रम जारी

बिहीवार, श्रावन २८, २०७२ साल,

काठमाडौं । स्थानिय बजारमा बिहीबार पनि सुनचाँदीको भाउ उकालो लाग्ने क्रम जारी रहेको छ । साताको दोस्रो दिनदेखि सुनचाँदीको भाउ निरन्तर उकालो लागिरहेको छ ।

बिहीबार सुनको भाउ तोलामा ४ सय रुपैयाँ बढेर किनबेच भइरहेको छ । महासंघले बिहीबारका लागि सुनको भाउ तोलाको ४९ हजार ३ सय रुपैयाँ तोकेको छ । बुधबार सुन तोलाको ४८ हजार ९ सय रुपैयाँमा किनबेच भएको थियो ।

चाँदी तोलामा १० रुपैयाँ बढेर ६ सय ९५ रुपैयाँमा किनबेच भइरहेको छ । बुधबार चाँदी तोलाको ६ सय ८५ रुपैयाँमा किनबेच भएको थियो 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411