​निजी क्षेत्रको दुखेसो–‘दलहरुले हाम्रो कुरा सुनेनन्’

बिहीवार, श्रावन २८, २०७२ साल,

काठमाडौं । संविधानको प्रारम्भिक मस्यौदामा निजी क्षेत्रले दिएको साझा सुझाव दलहरुल नसुनेको भन्दै निजी क्षेत्रले दुखेसो गरेको छ । उनीहरुले आफूहरुको अपिललाई गम्भीरताका साथ लिन पनि दलहरुलाई पुनः आग्रह गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्तरुपमा बुधबार पत्रकार सम्मेलन गरी निजी क्षेत्रको भावनाको बेवास्ता गरिएको बताएका हुन् ।

आफूहरुको सुझाव नसमेटिए मुलुकमा लगानीको वातावरण नबन्ने र भएका उद्योग–व्यवसाय पनि बन्द हुने ठहर निजी क्षेत्रको छ ।

महासंघका अध्यक्ष पशुपति मुरारकाले ‘परिमार्जनसहित संविधानसभामा प्रस्तुत प्रतिवेदनमा निजी क्षेत्रका सुझाव नसमेटिएकाले निजी क्षेत्र निराश भएको’ बताए ।

‘संविधानमार्फत् मुलुक खुला र उदार अर्थनीतिबाट पछाडि हटेको, समाजवाद शब्दको प्रयोगले स्पष्ट आर्थिक दृष्टिकोण नदेखिएको, करका विषयमा स्पस्ट नभएको भन्दै यसले लगानी गर्ने वातावरण नबाउने’ उनले बताए ।

परिसंघका अध्यक्ष नरेन्द्रकुमार बस्न्यातले ‘अर्थतन्त्रलाई बलियो बनाउन समाजवादको ठाउँमा खुला र उदार अर्थनीति शब्दको प्रयोग अनिवार्य रहेको’ बताए ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411