उपभोक्ता ठगेको भन्दै म्यागीलाई १० अर्व जरिवानाको माग

बुद्धबार, श्रावन २७, २०७२ साल,

एजेन्सी । म्यागी चाउचाउमा अधिक मात्रामा लीड ९सिसा० पाइएको विवादमा फसेको नेस्ले इन्डियालाई भारत सरकारले १० अर्व रुपैयाँको जरीवानाको माग गरेको छ। 

कम्पनीले अनुचित व्यापार गरेको, विज्ञापनहरुको मार्फत उपभोक्तालाई भ्रमित गराएको आरोपमा र यसबाट उपभोक्ताले खेप्नु परेको सास्तिका लागि जरीवानाको माग गरिएको बताइएको छ।
 
भारत सरकारले यससम्बन्धमा उपभोक्ताको प्रतिनिधित्व गर्दै राष्ट्रिय उपभोक्ता विवाद निवारण आयोगमा उजुरी हालेको पनि बताइएको छ। 
 
जून ५ तारिखबाट खाद्य सुरक्षा मापदण्ड पुरा नगरेको अभियोगमा म्यागी चाउचाउलाई प्रातिबन्ध गरिएको थिया र अझै जारी रहेको छ।
 
म्यागीमा मापदण्डभन्दा बढी मात्रामा लीड पाइएको थियो।  तर  नेस्लेले आफ्नो लोकप्रिय उत्पादन म्यागी सुरक्षित रहेको भन्दै आएको थियो। 
 
तर कम्पनीले केही समयअघि ४०० लाख टन भन्दा बढी म्यागी चाउचाउ नष्ट गरिसकेको छ। 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411