​सुनको कोटा बढ्यो, अब बैंकहरुले दैनिक २० किलो सुन किन्न सक्ने

मंगलवार, श्रावन २६, २०७२ साल,

काठमाडौं । बजारमा सुन अभाव हुन थालेपछि नेपाल राष्ट्र बैंकले सुन आयात कोटा पाँच किलोले बढाएको छ । राष्ट्र बैंकले सुन आयात तथा विक्री वितरण कार्यविधि–२०६८ अनुसार आयात हुने सुनको कोटा बढाएको हो ।
 
नेपालमा सुन आयात गर्ने जिम्मा बाणिज्य बैंकहरुले पाएका छन् । उनीहरुले आयात गरेको धातु सुन तथा चाँदी व्यवसायीहरुले खरीद गरेर सर्वसाधारणमा बिक्री वितरण गर्छन् ।

बैंकहरुले अबदेखि दैनिक २० किलो सुन आयात गर्न पाउने छन्, माग बढेपछि आयात कोटामा बृद्धि गरिएको हो । चाडपर्व नजिकिँदै गएका बेला अन्तर्राष्ट्रिय बजारमा पनि मूल्य खस्किन थालेपछि नेपाली बजारमा माग वढेको छ ।
चाडपर्व नजिकिँदै गएका बेला अन्तर्राष्ट्रिय बजारमा पनि मूल्य खस्किन थालेपछि नेपाली बजारमा माग वढेको छ ।

‘बैंकहरुले अबदेखि दैनिक २० किलो सुन आयात गर्न पाउने छन्,’ राष्ट्र बैंकका प्रवक्ता भने, ‘माग बढेपछि आयात कोटामा बृद्धि गरिएको हो ।’
  
उपभोक्ताको माग अनुसार सुन आयात नभएका कारण व्यापारीहरुले विक्री वितरण गर्न नपाएको गुनासो गरिरहेका थिए । उपभोक्ताको माग संवोधन गर्न राष्ट्र बैंकले दैनिक १५ किलोको कोटालाई २० किलो पुर्याएको हो । 

व्यवसायीहरुले भने अहिले सुनको माग दैनिक ४० किलोसम्म रहेको बताउँदै आएका छन् । तर राष्ट्र बैंकले बजारको मागको अध्ययन बिना कोटा नबढाउने बताउँदै आएको थियो ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411