‘फेरि उठ्ने छ नेपाल’ अभियान सुरु, भूकम्प पीडितलाई ​कोका-कोलाको १० करोड सहयोग

सोमबार, श्रावन २५, २०७२ साल,

काठमाडौं । पेय पदार्थ कोका-कोलाको ‘फेरी उठ्ने छ नेपाल’ अभियान औपचारिक रुपमा सुरुवात भएको छ । माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले सोमबार ललितपुरमा एक कार्यक्रमबीच अभियानको सुभारम्भ गरिन् ।

विनाशकारी भूकम्पबाट प्रत्याडित नेपाली जनता र नेपालको पुनर्निर्माणमा सघाउन कोका(कोलाले ‘फेरी उठ्ने छ नेपाल अभियान’ सुरु गरेको हो । राहत तथा उद्दार र पुनर्निर्माणमा निश्वार्थ भावनाका साथ लागिपरेका नेपाली जनताको उर्जालाई थप अगाडि बढाउन यस अभियानले सहयोग गर्ने भएको छ ।

नेपाल फेरी उठ्ने छ भन्ने सकरात्मक आशाको सन्देश देशका कुना कुनामा पुर्‍याउन गिती एल्बम पनि बिमोचन गरिएको छ । जुन गीत रञ्जीत आचार्यले लेखेका हुन् भने जेम्स प्रधानले संगीत भरेका छन् ।

गीतमा नेपाली जनताले देखाएको अटुट साहस र धैर्यताको उदाहरण दिँदै राष्ट्र पुनर्निर्माणमा अघि बढ्न सबै नेपालीलाई आग्रह गरिएको छ । गीतमा आनी छोइङ डोल्मा, सुगम पोखरेल, जेम्स प्रधान, इन्दिरा जोशी, एड्रिन प्रधान, निर्णय दा एनएसके, दीपक बज्राचार्य, रोहित जोन क्षेत्री, सोमिआ बराइली, कमल खत्री, एड्रे लगायतले स्वर दिएका छन् ।

गीतमा माइती नेपालका ८ जना गायक गयीकाको समुहले समेत स्वरमा साथ दिएको छ । नेपालको सांगीतीक इतिहासमा सम्भवतः एकै गीतमा यति धेरै गायक गायीकाको स्वर रहेको पहिलो होला ।

गीतले नेपाली जनताको आदम्य साहसको उदाहरण दिँदै अहिलेको विषम परिस्थितीमा आफ्नो धैर्य नगुमाई अगाडि बढ्ने, केही गर्ने र नेपालको पुनर्निर्माणमा सहभागी बन्ने नेपाली इच्छाशक्तीको कदर गरिएको छ ।

कुनै एउटा सांगीतीक जन्रमा नबाँधिएर लोकदेखि पप, रक र र्‍याप सबैलाई समेटेको यस गीतको म्यूजिक भिडियोले पनि फेरी उठ्नेछ नेपालको यही मर्मलाई आत्मसात गरेको छ । भिडियोको निर्देशन युवा निर्देशक निश्चल बस्नेतले गरेका हुन् ।

नेपालका लागि कोका(कोलाका कन्ट्री म्यानेजर आलोक कोहीले भने( ‘आउँदा दिनहरुमा जब राष्ट्र पुनर्निर्माण नै पहिलो प्राथमिकताका रुपमा रहनेछ, तब एकता, धैर्यता र सकरात्मक उर्जाको आवश्यकता पनि उत्तिकै बढेर जानेछ । यस अभियानले नेपाली जनताको उर्जामा थप बल प्रदान गर्ने साने भूमिका निभाउने छ ।’

भूकम्प पीडितलाई स्वास्थ, आवास उपलब्ध गराउने र परिवारसँग मिलाइ दिने योजनाअन्तर्गत कोकाकोला फाउण्डेसनले नेपाल रेडक्रश सोसाइटीसँग सहकार्य गरिरहेको अमेरिकन नेशनल रेडक्रसलाई १० लाख अमेरिकी डलर सहायता प्रदान गरेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411