​सुनको भाउ तोलाको दुईसय बढ्यो, ४७ हजार सातसयमा कारोबार

आईतवार, श्रावन २४, २०७२ साल,


काठमाडौं । हप्ताको पहिलो दिन आइतबार सुनको भाउ दुईसय रुपैयाँले बढेको छ । अघिल्लो हप्ता स्थिर देखिएको सुनको भाउ यो हप्ताको पहिलो दिन भने बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलाको ४७ हजार सातसय रुपैयाँमा किनबेच भइरहेको छ । अघिल्लो हप्ताको केही दिन सुन ४७ हजार पाँचसय रुपैयाँमा कारोबार भएको थियो । 

साउनयता ओरालो लागेको सुनको भाउ चार वर्षयताकै न्यून मूल्यमा कारोबार भइरहेको छ । आइतबार चाँदीको भाउ पनि पाँच रुपैयाँले बढेर तोलाको ६ सय ६५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411