​कल्याणकारी कोषको रकम जलविद्युतमा लगानी गर्न अध्ययन गर्दै सेना

आईतवार, श्रावन २४, २०७२ साल,
काठमाडौं । नेपाली सेनाको कल्याणकारी कोषमा २०७२ असार मसान्तसम्ममा ३४ अर्ब चार करोड ८३ लाख पुगेको छ । कोष अन्तर्गतका विभिन्न निकायहरूमा गरिएको लगानी तीन अर्ब ७० करोड १७ लाख समेत जोड्दा कुल सम्पत्ति त्यति पुगेको हो ।
 
कल्याणकारी कोषबारे जानकारी दिन शुक्रबार सैनिक मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा कोषका निर्देशक सहायक रथी ज्ञानेन्द्रजंग रायमाझीले संयुक्त राष्ट्रसंघीय मिसनमा भाग लिएवापत कटौती हुने रकम, बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप गरिएको रकमबाट प्राप्त ब्याज लगायतका ११ वटा शीर्षकका गतिविधिबाट आएको आयस्रोतबाट नै कोषको कूल सम्पत्ति वृद्धि भएको बताए । गत आर्थिक वर्षमा भने कोषको कुल सम्पत्ति २६ अर्ब ८८ करोड २७ लाख थियो ।
 
सेनाले अब कोषको रकम ‘क’ वर्गका वाणिज्य बैंकहरूमा मात्रै जम्मा गर्ने जनाएको छ । सेनाले जम्मा ६४.०४ प्रतिशत मात्रै बेरुजु फस्र्यौट गरेको छ । २०७२ असार मसान्तसम्ममा ८२ करोड ४२ लाख एक हजार बेरुजु भएकोमा ५२ करोड ७८ लाख ४६ हजार उठाएको हो ।

नेपाल ईन्भेस्टमेन्ट बैंकसँगै अन्य २९ वटा ‘क’ वर्गका बैंकमा कोषको पैसा जम्मा गरिएको जानकारी रायमाझीले दिए । उनले राष्ट्र बैंकले समस्याग्रस्त भनिएका ‘ख’ र ‘ग’ वर्गका बैंकबाट भने पैसा असुल गर्न बाँंकी रहेको बताए ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411