‘सुरक्षित भवन प्रदर्शन’ आजदेखि भृकुटीमण्डपमा सुरु

शुक्रबार, श्रावन २२, २०७२ साल,

काठमाडौ । भूकम्प प्रतिरोधी भवन निर्माण प्रविधिको विषयमा जानकारी दिन ‘सुरक्षित भवन प्रदर्शन’ आजदेखि स्थानीय भृकुटीमण्डपमा सुरु भएको छ । 
 
सेन्थेसिस एक्जिबिसन एन्ड इभेन्ट प्रालि र एसडी प्रोमो मिडियाको संयुक्त आयोजनामा यही साउन २४ गतेसम्म जारी रहने प्रदर्शनीमा नेपाल, भारत र बङ्गलादेशका हाउजिङ कम्पनी, संरचना निर्माण, पेन्टस, फर्निचरलगायत कम्पनीका ७५ कक्ष राखिएको छ । 
 
प्रदर्शनीको उद्घाटन गर्दै महजोडीले मुलुकमा नयाँ प्रविधि प्रयोग गरी घर तथा संरचना निर्माण गर्न प्रदर्शनी उपयोगी हुने बताए । नेपालका लागि बङ्गलादेशका राजदूत मासफी विन्टे शाम्सले नेपालमै भएको विभिन्न सामग्री तथा प्रविधिलाई सरकारले पुनःनिर्माणमा प्रयोग गर्नुपर्ने सुझाव दिए। 
 
मेलामा भूकम्प प्रतिरोधी संरचना निर्माणका विषयमा जानकारी दिन बङ्गलादेशबाट आएका प्राविधिक परामर्शदाता मुबस्सर हुसेन, इ मोहम्मद अब्दुल अवाल र नुरुल करिम दिलु तथा एनएसइटी र मियामोटो इन्टरनेसनलका विज्ञले पुनःनिर्माण सम्बन्धी निःशुल्क परामर्श दिने कार्यक्रम रहेको आयोजक संस्थाका प्रबन्ध निर्देशक राकेशकुमार महतोले जानकारी 
दिए । रासस 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411