​झापाका सहकारीमा सात अर्ब रुपैयाँ बचत

बिहीवार, श्रावन २१, २०७२ साल,
 

​झापा । झापामा सञ्चालित सहकारी संस्थाले सात अर्बभन्दा बढी रुपैयाँ बचत गर्न सफल भएका छन् । 
 
जिल्लामा रहेका ८५४ वटा सहकारी संस्थाले सात अर्ब ३९ करोड ७४ लाख बचत गरेका छन् ।१२ अर्ब ६२ करोड ९२ लाख परिचालित पुँजी ती संस्थामा रहेको जनाउँदै एक अर्ब ८७ करोड ८४ लाख सेयर पुँजी, एक अर्ब १९ करोड ५६ लाख कोष र नाफा मात्रै ३० करोड ५६ लाख ८० हजार गर्न सहकारी सफल भएका डिभिजन सहकारी संस्था झापाका प्रमुख माधवप्रसाद पोखरेलले जानकारी दिए।  नौ अर्ब २९ करोड ९० लाख सहकारीमा आबद्ध सदस्यका लागि ऋण लगानी गरिएको छ । 
 
सहकारी संस्थाले आव २०७१/७२ मा राज्यलाई आफूले गरेको साढे ३० करोड नाफाबाट दुई करोड २३ लाख ९९ हजार रुपैयाँ कर तिरेको समेत डिभिजन सहकारी कार्यालयले जनाएको छ । जिल्लामा बहुउद्देश्यीय सहकारी संस्था १३२ वटा र बचत तथा ऋण सहकारी संस्था २८९ वटा रहेका छन् । त्यस्तै ३१७ वटा कृषि सहकारी संस्था मध्ये १३६ वटा महिलाद्वारामात्र सञ्चालित सहकारी संस्था रहेका छन् । रासस 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411