​सैँतीस करदातामाथि कारबाही, राजस्व सङ्कलन १०१ प्रतिशत

मंगलवार, श्रावन १९, २०७२ साल,

लहान ।आन्तरिक राजस्व कार्यालय लहानले आव ०७१र७२ मा ३७ जना करदातामाथि कारबाही गरेको छ । दर्ता भएर पनि लामो समयदेखि कर नबुझाएका मूल्य अभिवृद्धि करतर्फका २३, आय करतर्फका ११ जना र अन्तःशुल्कतर्फका चारजना गरी ३७ करदातामाथि कारबाही गरेको आन्तरिक राजस्व कार्यालय लहानका प्रमुख सन्तबहादुर ढकालले जानकारी दिए।
 
कर नतिर्ने करदातामाथि कारबाही गरी आव ०७१/७२ मा उनीहरुबाट पुरानो उठ्न बाँकी चार करोड ५८ हजार रुपैयाँ बक्यौतासमेत सङ्कलन भएको उनले जानकारी दिए । 
 
त्यसैगरी, आन्तरिक राजस्व कार्यालय लहानले आव ०७१/७२ मा १०१ प्रतिशत राजस्व सङ्कलन गरेको छ । 
 
सगरमाथा अञ्चलका छवटै जिल्लामा कार्यक्षेत्र बनाएको आन्तरिक राजस्व कार्यालय लहानले आव ०७१/७२ मा एक अर्ब सात करोड ५६ लाख एक हजार रुपैयाँ राजस्व सङ्कलन गरेको जनाएको छ । 
 
सो कार्यालयले एक अर्ब छ करोड ४८ लाख ७१ हजार रुपैयाँ  राजस्व असुली गर्ने लक्ष्य लिएकामा १०१ प्रतिशत राजस्व सङ्कलन भएको प्रमुख ढकालले बताए । 
 
आव ०७१/७२ मा आन्तरिक मूल्यवृद्धि करतर्फ २३ करोड २४ लाख ७१ हजार, आन्तरिक आयकरतर्फ ४३ करोड १८ लाख ५९ हजार, अन्तःशुल्कतर्फ  ३६ करोड ४२ लाख २९ हजार र शिक्षा सेवा शुल्कतर्फ ३९ लाख ५१ हजार, स्वास्थ्य सेवा शुल्कतर्फ १६ लाख दुई हजार, ब्याज करतर्फ एक करोड ७८ लाख ४२ हजार र घरबहाल करतर्फ  दुई करोड ३९ लाख ४८ हजार रुपैयाँ राजस्व सङ्कलन भएको प्रमुख ढकालले जानकारी दिए । आव ०७१/७२ मा सात हजार ६७७ नयाँ करदाता थपिएको कार्यालयले जनाएको छ । 
 
नियमित राजस्व अनुगमन र नयाँ करदातालाई करको दायरामा ल्याएपछि भूकम्पका बाबजुद पनि लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गर्न सफल भएको प्रमुख ढकालको भनाइ छ । रासस 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411