​सुनको मूल्य तोलाको ४७ हजार पाँचसय, चाँदी ६ सय ६० मा कारोबार

मंगलवार, श्रावन १९, २०७२ साल,
काठमाडौं । नेपाली बजारमा निरन्तर ओरालो लागिरहेको सुनको भाउ घट्ने क्रम अझै रोकिएको छ । मंगलबार सुनको भाउ तोलामा तीनसय रुपैयाँले घटेको छ ।

मंगलबार सुन तोलाको ४७ हजार पाँचसय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुनको भाउ तोलाको ४७ हजार आठसय रुपैयाँ रहेको थियो ।

मंगलबार चाँदी पनि पाँच रुपैयाँ सस्तो भएको छ । चाँदी मंगलबार तोलाको ६ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411