१०० रुपैयाँमा जुत्ताचप्पल पाइने, नेपाली जुत्ता घरको 'समर-सेल' मेलामा

सोमबार, श्रावन १८, २०७२ साल,

काठमाडौं । नेपाली जुत्ता घरको आयोजनामा राजधानीको जमल, महाराजगञ्ज र कुमारीपाटीका शोरुमहरुमा समरसेल मेला हुने भएको छ।
 
आगामी बिहिवारदेखि सुरु हुने मेलामा नेपाली जुत्ताघरअन्तर्गत  नेपालका चर्चित एवं ब्राण्डेड जुत्ता उत्पादक कम्पनीहरु बी।एफ।डियर हिल सुज, शिखर सुज, क्रस रोड, स्काई सुज, टाकुरा सुज, कोसेली छाला जुत्ता, लेदर विङ्गस्, इजी सुज र सु ल्याण्ड ब्राण्डका जुत्ता-चप्पल कम्पनीहरुको सहभागिता रहनेछ।
 
यो समर सेल नेपाली जुत्ता घरको आयोजनामा गर्न लागिएको पहिलो संस्करण हो। 
 
यस समरसेल मेलामा गर्मीयामलाई लक्षित गरि विभिन्न जुत्ता(चप्पलहरुमा भारी छुट दिइने नेपाली जुत्ताघरले जनाएको छ। मेलामा १ सय, ३ सय, ५ सय, ७ सय र १ हजारदेखि ३ हजारसम्मको जुत्ता तथा चप्पलहरु उपोभोक्ताले खरिद गर्न सक्नेछन्।
 
मेलामा कम्पनीहरुले जुत्ता तथा चप्पलको खुद्रा मुल्यमा ७० प्रतिशतसम्म छुट दिएको दावी गरेका छन्। मेलाको आयोजक कम्पनी नेपाली जुत्ता घर विभिन्न प्रतिस्पर्धि ब्राण्डहरुको आफ्नै सक्रियतामा करिब तीन वर्षअघि स्थापना भएको हो । नेपाली जुत्ता घरको हाल उपत्यकामा ४ वटा शाखा सञ्चालनमा रहेका छन्। जसमा जमल, कुमारीपाटी, महाराजगञ्ज र पुलचोक ९नमस्ते सुपरमार्केट० यसका शाखाहरु रहेका छन् । 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411