अन्तःशुल्कबाट करिब साढे ८ अर्ब सङ्कलन

आईतवार, श्रावन १७, २०७२ साल,
चितवन । आन्तरिक राजस्व कार्यालय भरतपुरको मुख्य राजस्वको हिस्सा अन्तःशुल्कले ओगटेको छ । चितवन र नवलपरासीको दाउन्ने पूर्वका क्षेत्र हेर्दै आएको यस कार्यालय राजस्व कार्यालयमध्येको सङ्कलनको हिसाबले देशकै दोस्रो ठूलो मानिन्छ । 
 
गत आवमा  ९ अर्ब ९३ करोड ७४ लाख राजस्व सङ्कलन भएकामा अन्तःशुल्कको मात्रै ८ अर्ब ४५ करोड ६० लाख रहेको छ। अघिल्लो आवमा ८ अर्ब ३९ करोड ६५ लाख राजस्व सङ्कलन भएकामा ७ अर्ब चार करोड ५९ लाख अन्तःशुल्ककै रहेको थियो । 
 
गत आवमा लिइएको लक्ष्यभन्दा ६ दशमलव ९२ प्रतिशत बढी राजस्व सङ्कलन गर्न कार्यालय सफल भएको छ । 
 
कार्यालयका प्रमुख टीकाराम भुसालका अनुसार गत आवमा अन्तःशुल्कमा ११४ दशमलव ०१ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आवमा अन्तःशुल्कमा १०१ दशमलब २६ प्रतिशत बढीले मात्र अन्तःशुल्क उठेको थियो ।  रासस 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411