​अशुद्ध पानी उत्पादन गरी बेचेको भन्दै १८ वटा खानेपानी कम्पनीविरुद्ध मुद्दा

बिहीवार, श्रावन १४, २०७२ साल,

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अशुद्ध पानी बेचेको भन्दै डेढ दर्जन पानी प्रशोधन उद्योगमाथि मुद्दा चलाएको छ। कतिपय उद्योगहरुले प्रशोधन गरेको पानी दुषित पाइएको र कतिपय उद्योग दर्ता नभईकन सञ्चालन भएको पाइएकोले ती उद्योगमाथि मुद्दा चलाइएको विभागले जनाएको छ।
 
विभागका अनुसार कतिपय ती उद्योगबाट प्रशोधित पानीमा कोलिफर्मको मात्रा अत्याधिक भेटिएको थियो, भने कतिपयमा अम्लियपन बढी मात्रामा पाइएको थियो। मातातीर्थमा रहेको हिमाल मिनरल वाटर प्रालिमाथि झुक्याएर अस्वच्छ पानी वितरण गरेको अभियोगमा काठमाडौं जिल्ला प्रशासन कार्यालयमा मुद्दा हालेको विभागले जनाएको छ।
 
त्यस्तै विभागले काभ्रेको ग्लोबल फूड एण्ड बेभरेज, नरेफाँटको युनाइटेड वाटर एण्ड बेभरेज, बुढानिलकण्ठमा रहेका निलकण्ठ नेचुरल स्प्रिङ वाटर र ग्रिनभेरी मिनरल वाटर उद्योगमाथि पनि पानीमा टीएमबीसी बढी भएको अभियोगमा काठमाडौं प्रशासन कार्यालयमा मुद्दा चलाएको छ।
 
खानेपानीको बोत्तलभित्र आँखैले देख्नेगरी कालो बस्तु भेटिएकोले हिमालयन स्प्रिङ वाटर इनकर्पोरेटेड, एबी वेभरेज ललितपुरमाथि पनि विभागले मुद्दा हालेको छ। त्यस्तै मुद्दा हालिएका गोदावरी मिनरल वाटर र डाँफे मिनरल वाटरबाट प्रशोधित पानी पनि अस्वच्छ पाइएको विभागले जनाएको छ। ग्लेसियर फूड एण्ड बेभरेज, रोवोट स्प्रिङ मिनरल वाटर चाल्नाखेललाई अस्वच्छ पानी वितरण गरेको अभियोग छ।
 
पानी प्रशोधन गरेका भक्ति फूड इण्डष्ट्रिज, सक्षम फूड एण्ड बेभरेज, ग्रिनल्याण्ड मिनरल वाटर, त्रिकोण बेभरेज बालाजु, पशुपति स्प्रिङ वाटर उद्योगलाई पनि विभागले मुद्दा हालेको छ। विभागका अनुसार वागद्धार फ्रेस मिनरल वाटर, निश्चल मिनरल वाटर सुन्दरीजलमाथि भने अनुज्ञापत्र नलिई सञ्चालन गरेको अभियोगमा मुद्दा हालिएको हो।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411