​बहुराष्ट्रिय कम्पनीले रोयल्टी तिरेनन्

मंगलवार, श्रावन १२, २०७२ साल,
 
चितवन । चितवनको भरतपुरमा रहेका बहुराष्ट्रिय (मल्टिनेसनल) कम्पनीले जिल्ला विकास समितिको रोयल्टी कर तिर्न अटेर गरेका छन् ।

यहाँको बोटलर्स नेपाल (तराई) लिमिटेड र माउन्ट एभरेस्ट ब्रुअरीले पटकपटक ताकेता गर्दासमेत रोयल्टी नतिरेको स्थानीय विकास अधिकारी भरतमणि पाण्डेले बताएका छन् । जिल्ला विकास समितिले कोकाकोला उत्पादन गर्ने उद्योगलाई पाँच लाख रुपैयाँ र बियर उद्योगलाई तीन लाख रुपैयाँ वार्षिक रोयल्टी रकम तोकेको छ । पटकपटक ताकेता पत्र पठाएको भए पनि दुवै उद्योगले रकम तिर्न आनाकानी गरेको उनले बताए ।

पछिल्लो समय बोटलर्स नेपालले पानीको मुहान दर्ताका लागि जिविसमा फाइल पेस गरेको भए पनि रोयल्टी नतिरेसम्म जिविसले स्वीकृति नदिने जनाएको स्थानीय विकास अधिकारी पाण्डेले बताएका छन् । विगत लामो समयदेखि कर नतिरेका पोल्ट्री क्षेत्रले भने यसै आर्थिक वर्षबाट कर तिर्ने प्रतिबद्धता जनाएका छन् । पोल्ट्री क्षेत्रबाट वार्षिक रुपमा ५० लाख रुपैयाँको हाराहारीमा कर उठ्ने गरेको जिविसले जनाएको छ ।

त्यसैगरी प्लास्टिकजन्य उद्योग, इँट्टा उद्योग र क्रसर उद्योग पनि यसै आर्थिक वर्षबाट करको दायरामा आएको उनले बताए । जिल्ला विकास समितिले करको दायरा बढाउँदै लगेपछि आन्तरिक आम्दानीमा वृद्धि गरेको जनाएको छ । गत आर्थिक वर्षमा चार करोड एक लाख रुपैयाँ आन्तरिक आम्दानी गर्न सफल भएको थियो । आम्दानीको नयाँ क्षेत्रको खोजी गरी कडाइका साथ असुल गरिएकै कारण राजस्वमा वद्धि भएको पाण्डेको भनाइ छ । रासस

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411