​अठार करोड राजस्व सङ्कलन

मंगलवार, श्रावन १२, २०७२ साल,

भद्रपुर । मालपोत कार्यालय भद्रपुर, झापाले गएको आर्थिक वर्षमा कुल १७ करोड ९३ लाख ३३ हजार राजस्व सङ्कलन गरेको जनाएको छ। 
 
सो अवधिमा कार्यालयले नौ करोड ८२ लाख चार हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो। लक्ष्यभन्दा ८२ प्रतिशत अर्थात् रु आठ करोड ११ लाख २९ हजार ७२२ बढी राजस्व सङ्कलन भएको हो । 
 
कार्यालयका लेखापाल मीनराज पोखरेलका अनुसार सङ्कलित राजस्वमा रजिस्ट्रेसन दस्तुर १४ करोड ३५ लाख २९ हजार ६८९, कर्जा लिखत दुई करोड ८५ लाख ८२ हजार २६०, रोक्का दस्तुर  ३० लाख तीन हजार ६००, दाखिला खाता २८ लाख ३३ हजार ३२३, रातो पुर्जा बिक्री  छ लाख २६ हजार २५०, नामसारी  चार लाख ७१ हजार ५००, डोर दस्तुर रु एक लाख ३८ हजार, स्रेस्ता नक्कल  एक लाख ३७ हजार ६०० र टेन्डर बिक्रीबाट  ११ हजार ५०० राजस्व सङ्कलन भएको हो । रासस 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411